सुनको भाउ घट्यो



काठमाडौं, (नेस) । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ।बिहीबार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारको तुलनामा बिीहबार सुन प्रतितोला २ सय रुपियाँले घटेको छ। बुधबार छापावाल सुन प्रतितोला ७१ हजार रुपियाँमा कारोबार भएको थियो।

बिहीबार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय रुपियाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपियाँले घटेको छ।

बिहीबार चाँदी प्रतितोला ८ सय ७५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्