नेपाल बंगलादेश बैंकको ९५औं शाखा खोकनामा



नेपाल बंगलादेश बैंकले आफ्नो शाखा बिस्तारको क्रममा ९५औं शाखा ललितपुरको खोकनामा सञ्चालनमा ल्याएको छ।

उक्त शाखाको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य पम्फा भुसालले गर्नुभएको थियो। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाको बारेमा जानकारी दिनुभएको थियो।

बंैकले यस आसपासका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो।

साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायतका सेवा प्राप्त गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्