धादिङ नेकपा नेता कांग्रेसमा प्रवेश



काठमाडौं, (नेस)।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धादिङका जिल्ला सदस्य जितेन्द्र चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्षसमेत रहेका चेपाङले नेकपा परित्याग गरेको ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका प्रदेश सांसद सन्तबहादुर प्रजाले बताउनुभयो।

प्रजालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादब, ३ नम्बर प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँलगायतले स्वागत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्