खाँदबारी-किमाथांका सडकखण्डको चट्टानी खण्डको ट्रयाक खोल्ने जिम्मेवारी सेनालाई



न्युज अफ नेपाल, काठमाडौं । बहुप्रतिक्षित खाँदबारी-किमाथांका सडकखण्डको चट्टानी खण्डको ट्रयाक खोल्ने जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

बाँकी रहेको १४ किलोमिटर सडकको चट्टानी खण्डको काम सेनामार्फत गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा जनाएका हुन्।

विराटनगर-किमाथांका सडकको लम्बाइ तीन सय ६२ किलोमिटर रहेको छ । खाँदबारी-किमाथांका एक सय ६२ किलोमिटर ट्रयाक निर्माण गर्ने जिम्मा पनि सेनाले नै पाएको थियो।

सडक निर्माण सुरु भएको दश बर्षपछि यो सडक चीनसँग जोडिन लागेको हो । चीनको सिमाना किमाथांका जोडिन अब १४ किलोमिटर मात्र बाँकी रहेको छ ।

यो सडकको चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा ट्रयाक खोल्ने काम बाँकी छ । आर्थिक वर्ष २०६५/०६६ देखि सडक निर्माणको काम भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्