उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट   



काठमाडौँ ।  उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड सेफरले शिष्टाचार भेट गर्नुभएको छ । ग्रिन हाउसमा भएको सो भेटमा उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्दै जर्मनीको निजी क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

“समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार र निजी क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो रहेकाे जर्मनी सरकार र जर्मनीको निजी क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।” पुनले भन्नुभयो,  भेटमा जर्मनीका राजदूत रोल्याण्डले जर्मनीको निजी क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताउनुभयो । “नेपालले नयाँनयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ”, उहाँले भन्नुभयो, “अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्