नदीले बगाउँदा १ जनाको मृत्यु



कैलाली । कैलालीमा नदीले बगाउँदा १ जनाको मृत्यु भएकाे छ। कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको काडा नदिले बगाउँदा बर्दगोरिया गाउँपालिका ६ का १९ वर्षीया विशेष डगौराको मृत्यु भएको हो ।

राम जानकी सामुदायिक वनमा च्याउ खोज्न गएका डगौरा घर फर्किदा नदी तर्ने क्रममा बगेर बेपत्ता भएका थिए। प्रहरी, जनप्रतिनिधि र स्थानीयहरूको दिन भरी नै खोजिकार्य जारी राखेका थिए। बेपत्ता भएको ७ घण्टा पछि डगौराको शव जोशीपुर गाउँपालिका २ मा पर्ने घुस्री घाटमा फेला परेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ ।

त्यस्तै, नदिले बगाएको १ जनाको उद्धार गरिएको छ । बर्दगोरिया गाँउपाकिा १ कट्टीपुरमा सोही नदिले स्थानीय विष्णुबहादुर बमलाई बगाएको थियो।
स्थानीयको सक्रियतामा करिब १ किलो मिटरको दूरीबाट बमलाई उद्धार गरिएको हो । नदीमा बगेको दाउरा तान्ने क्रममा बमलाई नदिले बगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्