मन्त्रीपरिषद्को बैठक सकियो केके निर्णय भए ?



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबारको मन्त्रीपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री आराम गरिरहेकाले सिंहदरबारको साटो बालुवाटारमै मन्त्रिपरिषदको बैठक बसेको हो ।

मन्त्रीपरिषद्को बैठकमा डेंगुको प्रकोप बिषयमा छलफल भएको छ । सरकार डेङ्गु नियन्त्रणमा लागेको सरकारका सुचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । डेंगुले दुःख दिए पनि नियन्त्रण बाहिर नगएको मन्त्री बाँस्कोटाले जनाए ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार र मन्त्रालयले नियन्त्रणका काम गरिरहेको बताए ।

देशमा अहिले ४५ जिल्लाका करिब ७० हजार नेपाली डेंगुबाट प्रभावित भएका छन् । २० जना भन्दा धेरैले ज्यान गुमाइसकेको तथ्यांक छ । डेंगुबाट विश्वका तीन अर्ब मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनको भनाइ उद्धृत गर्दै सरकारले नागरिकको उपचारको स्रोत साधन मिलाइरहेको उल्लेख गरे । बिहिबार प्रतिनिधिसभाको बैठकमा सरकारले डेङ्गु नियन्त्रणको प्रयास नगरेको सांसदहरुले आरोप समेत लगाएका थिए ।

यस्तै, उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व मनाउनका लागि सरकारले अक्षय कोष बनाउने भएको छ । प्रत्येक वर्ष काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्राको संचालन र व्यवस्थापनका लागि सरकारले ’इन्द्रजात्रा संरक्षण कोष’ बनाउने निर्णय गरेको हो ।

सरकारले सात जिल्लामा राजपत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारीको पद कायम गर्ने निर्णय गरेको छ । प्रथम श्रेणीका अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्रांकित प्रथम श्रेणीको पदपर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई द्वितीय श्रेणी प्रमुख कायम गर्ने निर्णय भएको हो । सरकारले राष्ट्रिय परिषद्का लागि आर्थिक वर्ष २०७६।७७ मा आवश्यक पर्ने १५ वटा राजपत्रांकित पदहरू अस्थायी दरबन्दी गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्