मुख्यसचिव देखि पियुनसम्म कर्मचारी, शिक्षक, सेना, प्रहरीको तलब कति ? (सूचीसहित)



काठमाडौं । सरकारले यस भन्दा पहिले राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तिहरुको तलबमान सार्वजनिक गरिसकेको छ । अहिले राष्ट्रसेवक कर्मचारीको नयाँ तलब सार्वजनिक भएको छ ।

अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो । राष्ट्रसेवक कर्मचारीको तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरे अनुसार मन्त्रालयले हिजो नयाँ तलबमान सार्वजनिक गरेको छ ।

नयाँ तलबमान अनुसार मुख्यसचिव, प्रधानसेनापतिको तलब ६९ हजार ४ सय ८२ रहेको छ । प्रहरी महानीरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक र सचिवको तलब ६४ हजार ७ सय २६ रहेको छ । त्यस्तै विमान सम्भार समूहका सहायक रथीको नयाँ तलबमान ६९ हजार ४ सय पन्ध्र कायम गरिएको छ ।

तलबमान अनुसारप्रथम तहको माध्यमिक शिक्षकले मासिक ५६ हजार ८ सय ५४ पाउने छन् । कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ सय ७८ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्