चितवन मेडिकल कलेजमा सरु भयो निशुल्क डेङ्गु परिक्षण



चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसि) ले विपन्न गरिब बिरामीहरुको निशुल्क डेङ्गु परिक्षण सुरु गरेको छ । अस्पतालको ईर्मेजन्सी कक्षमा अस्पताल निर्दैशक प्रोफेसर डा. दयाराम लम्साल र अस्पताल जनसमपर्क अधिकृत हरि बोहराले भरतपुर १० का भरत लामालाई डेङ्गु परिक्षण गर्ने किट हस्तान्तरण गर्दै सीएमसीमा निशुल्क डेङ्गु परिक्षण सुरु गरेका हो ।

दशैभर डेङ्गुले महामारी रुपमा लिएको बेलामा स्थानिय सरकार भरतपुर महानगर र चितवन प्रशासनको अनुरोधलाई ध्यानमा राख्दै अस्पतालको सामाजिक अभियान अन्र्तगत निशुल्क डेङ्गु परिक्षण गर्ने अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा।हरिश्चन्द्र न्यौपानले जानकारी दिए ।

नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले एक हजार जना बिपन्न बर्गहरुलाई निशुल्क डेङ्गु परिक्षण गराईने अस्पातलका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

‘अहिले डेङ्गु र ज्वरोको महामारी रहेकोले त्यस्ता बिरामीहरु जो अस्पातल आउने सकेका छैनन् उनीहरुलाई लक्षित गरेर यो सेवा प्रदान गर्न लागेका हौ उनले भने’, कोही पनि बिरामी नछुटुन भनेर नै हामीले अहिलेलाई एक हजार जना गरीब तथा बिपन्न बर्गलाई निशुल्क डेङ्गु परिक्षण र परामर्श दिन लागेका हौ ।’

सरकारले बनाएको बिपन्न बर्गको मापदण्ड अनुसार नै बिरामीलाई यो सेवा प्रदान गरिने उनले बताए । यस्तै विपन्न वर्ग भनी प्रमाणित गर्ने सिफारिस ल्याउन नसक्ने बिरामीहरुलाई अस्पातलले नै मूल्याङकन गरेर यो सेवा प्रदान गरिने उनले बताए ।

अझै पनि कतिपय डेङ्गु संक्रमितहरु गरीब र बिपन्न बर्गको भएकै कारण अस्पातल सम्म आउन नसकेकोले त्यस्ता बर्गहरुलाई लक्षित गर्दै यो कार्यक्रम शुरु गरिएको उनको भनाई छ ।

‘अहिले सबै अस्पातलहरु डेङ्गु र भाईरल ज्वरोको बिरामीहरुले भरिएका छन्, उपचारको लागि अस्पातलका बेडहरु भरिएका छन् उनले भने’, तर अझै पनि कती गरीब तथा बिपन्न बर्गका मानिसहरुमा डेङ्गुको संक्रमण भए पनि अस्पातल आउन सकेका छैनन्, त्यसैले त्यस्ता बर्गलाई लक्षित गरेर यो कार्यक्रम शुरु गर्न लागिएको हो ।’ अस्पातलहरु भरिएता पनि अझै धेरै बिरामी छुटेको आशंका रहेको उनले बताए ।

मनसुन र पोस्ट मनसुनमा पनि डेङ्गुको संक्रमण बढ्न सक्ने भएकोले अझै २ महिना सम्म यसको प्रकोप रहन सक्ने उनले बताए । सरकारले गरिरहेको सबै प्रयासका बाबजुत पनि अझै कार्तिक सम्म डेङ्गुको प्रकोप घट्ने सम्भावना नरहेकोले नियन्त्रणमा सहयोग पुर्‍याउन यो सेवा शुरु गरिएको डा. लम्सालले बताए ।

‘चाहन्छौ हामी एक हजार जनालाई पनि प्रभावित नहोस्, छिट्टै नियन्त्रण होस् उनले भने’, तर विगतको जुन अनुभव छ त्यसले चाँही यो समस्या छिट्टै नियन्त्रणमा आउछ कि आउँदैन भन्न सक्ने अवस्था छैन ।’ भर्खर मनसुन सकिएको र पोस्ट मनसुन सम्म पनि चानाखो हुनु पर्ने उनको भनाई छ ।

अहिले दैनिक ४ सय देखी ५ सय बिरामीहरु अस्पातल आउने र ति मध्ये अधिकांशमा डेङ्गु संक्रमण देखिने गरेको अस्पतालको रेर्कडमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्