काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा आगजनी



न्युज अफ नेपाल, काठमाडौं ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना६ख ८४५६ नम्बरको यात्रुवाहक बसमा आगजनी भएको छ ।पूर्व–पश्मिच राजमार्ग अन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेमा बसमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागी किन र कसले गरेको भन्ने अनुसन्धान भइरहेको बर्दघाट ट्राफिक प्रहरीले जनाएको छ ।बसमा आगलागी भएपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

बसका चालक र सह–चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ ।आगजनीबाट कुनै मानवीय क्षति भएको छैन, आगजनी कसले किन गर्‍यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्