ट्रम्पसँगको बैठक खारेज



तेहरान, (एजेन्सी)इरानले राष्ट्रपति हसन रुहानी र उनका अमेरिकी समकक्ष डोनाल्ड ट्रम्पबीच बैठकको सम्भावना बुधबार खारेज गरेको छ।

यद्यपी ट्रम्पले दुई प्रमुख लेप्mिटनेन्टले मंगलबार ट्रम्प बिना कुनै पुर्व सर्त इरानी राष्ट्रपतिसँग बैठक गर्नका लागि तयार रहेको संकेत दिएको थियो।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई पनि बर्खास्त गरेपछि उक्त संकेत दिएको हो।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियो तथा वित्त मन्त्री स्टिवन म्नुचिनले इस्लामिक गणराज्य विरुद्ध अधिकतम दबाव दिने अमेरिकी अभियान कायम राख्ने बताए।

ट्रम्प–रुहानी बैठकको विचार गत महिना फ्रान्सेली राष्ट्रपति म्याक्रोंले अगाडी सारेको थियो।

 

प्रतिक्रिया दिनुहोस्