ईबीएको विजयी सुरुआत



नेपाल समाचारपत्र, काठमाडौं।इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रथम बीबीबीएचएस अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ।

बूढानीलकण्ठ स्कुलमा भएको खेलमा इबीएले फ्युजन एकेडेमीलाई १–० गोलले पराजित गर्यो। इबीएका विशाल आले मगरले निर्णायक गोल गरे।

बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा ओम, पञ्चकन्या, मनजरी, त्रिकोण र गणेशले जित हात पारे।

ओमले आयोजक बीबीबीएचएस ‘बी’ लाई १–० गोलले हरायो। ओमका विकास थापा मगरले १ गोल गरे। पञ्चकन्याले विट्सलाई २–० गोलले पाखा लगायो। पञ्चकन्याका उमेश विक र सुरेन्द्र बस्नेतले १–१ गोल गरे।

मञ्जरीले भद्रकालीमाथि ४–० को सहज जित दर्ता गर्यो। मञ्जरीका कृतेश लिम्बू र सुशील सुनुवारले समान २–२ गोल गरे। त्रिकोणले ओडिसीलाई ४–० गोलले पन्छायो।

त्रिकोणका सुजन स्याङतानले सम्भव चारै गोल गरे। बीएमसी विरुद्धको खेलमा गणेश ३–२ गोलले विजयी भयो। गणेशका विक्रम राना मगरले २ तथा हरि अधिकारीले १ गोल गरे।

 

प्रतिक्रिया दिनुहोस्