सिलवाल र राई सम्मानित



नेपाल समाचारपत्र, काठमाडौं।नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनसजेएफ खेलपत्रकारिता सम्मानबाट नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार राजु सिलवाल र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट खेलपाटीका समाचार प्रमुख निशान राई ‘सुच्चा’ सम्मानित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले २४औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच ‘अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन’ भन्ने नाराका सिलवाललाई अग्रज र राईलाई युवा प्रोत्साहन पुरस्कारबाट सम्मानित गरेको हो।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वरिष्ठ पत्रकार सिलवाललाई २५ हजार नगद, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।

प्रतिक्रिया दिनुहोस्