हुन्डी कारोबारमा संलग्न ६ जना जेल चलान



कृष्णउदास खनाल, वीरगन्ज।र्सामा अवैध हुन्डी कारोबारको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका ८ जनामध्ये ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।

अवैध वित्तीय कारोबार (हुन्डी तथा संगठित अपराध) गरेको भनी पर्सा जिल्ला अदालतमा दर्ता भएको ०४६–सी २०००५ को मुद्दामा ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ।

दुई जनालाई भने पर्सा जिल्ला अदालतले साधारण तारिखमा छाडेको छ। पर्सा प्रहरीले दुई महिना लगाएर गरेको अनुसन्धानपछि १ अर्ब २८ करोड ४३ लाख ३९ हजार ७ सय २३ रुपियाँको विगो दाबी गर्दै पर्सा जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो।

अवैध वित्तीय कारोबार (हुन्डी तथा संगठित अपराध) गरेको भनी पर्सा जिल्ला अदालतमा दर्ता भएको ०४६–सी २०००५ को मुद्दामा ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न भनिएको छ।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासबाट आदेश भएअनुसार सूर्यबहादुर गदाल र राजकपुर साहलाई भने साधारण तारेखमा छोड्न भनिएको जिल्ला अदालत पर्साले जनाएको छ।

मुख्य अभियुक्त अझै फरार भारत बिहार मोतीहारी जिल्ला पूर्वी चम्पारणका सुनिलकुमार प्रसाद, मोतीहारी, नैनपुरका गुलाव साहसहित नेपालका चन्दनकुमार सर्राफ, राकेशकुमार सिंह, सुजितकुमार साह र घनश्याम सर्राफलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जिल्ला अदालत पर्साका सूचना अधिकारी भोलानाथ धमलाले जानकारी दिनुभयो।

मुख्य अभियुक्त भनिएका वीरगन्ज–६ माइस्थानचोक छेउको केपी स्वर्ण कला केन्द्र (सुनचाँदी पलस) सञ्चालन गर्ने कन्हैयाप्रसाद सोनार भने फरार छन्।

कन्हैयाकै पसलमा गत असार ९ मा पर्सा प्रहरीले अवैध वित्तीय कारोबार भएको आशंकामा छापा मारी त्यहाँ संलग्न भएको आशंकामा ८ जनालाई त्यही दिन पक्राउ गरेको थियो।

पसल सञ्चालक कन्हैयाप्रसाद भने फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताउनुभयो।

गत असार ९ मा प्रहरीले छापामार कन्हैयाका पसलबाट ४१ लाख ९२ हजार ९ सय रुपियाँ र २ किलो ९० ग्राम चाँदी पनि बरामद गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्