इजरायली प्रमको अभिव्यक्ति आलोचित



जोहान्नेसवर्ग,(एजेन्सी)।अरव मूलुकहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अधिनस्थ पश्चिम किनारको एक तिहाई कब्जा गर्ने योजनाको कडा शब्दमा भत्सर्ना गरेका छन्।

मंगलवार नेतान्याहुले आगाम आगामी  साता हुन गइरहेको आम चुनावमा आफुले विजय हासिल गरेको खण्डमा जोर्डान भयालीर र नर्दन डेड सिमाथि इजरायलको सार्वभोमका लागि आवेदन दिने प्रतिवद्धता जनाएका थिए।

जोर्डान र साउदी अरेवियाका सरकारी अधकारीहरूले उनको यस घोषणाको आलोचना गरेका छन्। यसैगरी प्यालेस्टाइनीहरूले यो कदम अवैध ठहरिने बताएका छन्।

संयुक्त राष्ट्र संघले भने यसबाट नयाँ चरणको शानितवार्ताको अवसरै नष्ट हुने विचार प्रकट गरेहको छ। प्यालेस्टाइनी प्रमुख शानितवार्ताकार सायव एरेकातले नेतान्याहको यस प्रस्तावले शानित प्रक्रियालाई ध्वस्त पार्ने प्रतिक्रिया दिएका छन्।

सन् १९६७ देखि नै इजरायलले पशिचम किनारलाई अधिनमा राखेपनि औपचारिक रुपमा त्यसमाथि सार्वभौम कायम गरेको छैन।

पयालेस्टाइनीहरूले सो क्षेत्रको सम्पूर्ण भूभागलाई भावी स्वतन्त्र राज्य हुने दावी गदै आएका छन्।

विगतमा पनि नेतान्याहुले इजरायलले सुरक्षाका उद्देश्यले पनि जोर्डान भ्यालीलाइृ कहिल्ये त्याग्न नसक्ने बताउँदै आएका थिए। तर संयुक्र राष्ट्र संघका प्रवक्ताले उक्त प्रस्तावित कब्जाले कुनै अन्तर्राष्ट्रिय मान्यता नपाउने स्पष्ट पारेका छन्।

चुनावी मत सर्भेक्षणमा इजरयाली प्रधानमन्त्री नेतानयाहुको दक्षिणपन्थि लिकुड पार्टी र त्यसको विपक्षी मध्यमागी गठबन्धनको शक्रि वरावर जस्तै देखिएपछि उनले राष्ट्रको नाममा टेलिभिजन सम्बोधन गर्ने क्रममा यो विवादास्पद घोषण गरेका छन् ।

उनले चुनावमा इजरायली जनताबाट आफुलाई स्पष्ट मान्यता प्राप्त हुनासाथ यो कार्य पूरा गरिहाल्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्