दोहरो नागरिक बोक्ने पक्राउ



तेहरान ,(एजेन्सी)।दुईजना वेलायती – अष्ट्रेलियाली मूलका महिला र एकजना अष्ट्रेलियाली पूरुषलाई इरानमा प्रहरीले हिरासतमा लिएको दि टाइम्स अखवारले जनाएका छ।

ति मध्ये उकजना महिलालाई दस साता अघि अज्ञात अभियोगमा उनकी ब्वाइफ्रेन्डसंग गिरफतारीमा परेको तथा अर्की महिलालाई दस वर्ष लामो कारवास संजाय तोकिएको बताइएको छ।

केहि वर्ष यता इरन सरकारले दोहरो नगरिकताधारीहरूलाई पक्रने क्रममा वेलायती – इरानी महिला नाजनिन जाघारी र्याटक्लिफलाइृ पनि गिरफतार गरेको थियो।

जाघारीका पतिले वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई इरानलाई दवाव दिन आग्रह गरेका छन्।

अष्ट्रेलियाको विदेश मन्त्रालयले भने इरानमा पक्राउमा परेका अष्ट्रिेलियाल परिवारहरूलाइृ सहयोग भइरहेको जनाएको छ। तर ति दुवे घटनाको आपसमा कुनै सरोकार नरहेको जनाइएको छ।

लन्डन निवासी एकसन्तानकी आमा ४१ वर्षिया जाघारीलाई सन् २०१६ देखि जासुसी गरेको आरोपमा राजधानी तेहरान स्थित इभिन जेलमा थुनिएको छ।

प्रतिक्रिया दिनुहोस्