शिक्षिकाले बेइज्जत गर्दा छात्रा झुण्डिइन्



नैरोबी,(एजेन्सी)।महिनावारीको कारण बिदालयको पोशाकमा दाग लगाएको विषयमा कक्षा कोठा भित्रै बेइजत हुनुपरेकाले केन्याका एक छात्राले आत्महत्या गरेकी छिन्।

ति चौंध वर्षिया किशोरीकी आमाले एकजना शिक्षिकाले तयसरी बेइजत गरेको सहन नसकेर उनले झुण्डिएर आत्महत्या गरेको बताएको केन्याली संचार माध्यमले जनाएको छ।

प्रहरीले यस घटनाको विरोधमा बिद्यालय बाहिर धर्ना दिने करिव दुइृ सयजना अभिभावकलाई तितर वितर पार्न अश्रुग्यास प्रहार गरेको छ।

केन्याली सरकारले सन् २०१७ मा बिद्यालयमा छात्राहरूलाई निशुल्क स्यानिटरी टावेल वितरण गर्न कानुनै पारित गरेको थियो।

तर हालसाल ैमात्र राष्ट्रभरिका सम्पूर्ण बिदालयमा या ेकानुन लागु हुननसकेको भन्दै संसदिय समितीले छानविन थालेको छ।

गत शुक्रवार राजधानी नैरोबी देखि पश्चिममा रहेको काविआन्जेक स्थित सो बिदलायमा ति शिक्षिकाले पोशाकमा दागलगाएकाले उनलाई ‘ फोहरी ’ को संज्ञा दिँदै कक्षाबाट बाहिर जान आदेश दिएको उनकी आमाले बताएक्ीछिन्।

आफ्नी छोरीसंग स्यानिटरी प्याड नभएकले उनको त्यस्तो विजोग भएको पनि उनले बताएकीछिन्। घर पुग्नासाथ ति छात्राले आमालाई बिद्यालयमा भएको घटना सुनाएकी थिइन्

त्यसपछि पानीलिन जाने क्रममा उनी झुण्डिएकी थिइन्। पिडित परिवारले घटनाबार ेप्रहरीमा उजुरी गरेपनि कुनै गम्भीर कदम नचालिएको डेली नेसनले जनाएका ेछ।

बरु उल्टै प्रहरीले बिद्यालय बाहिर सडकमा अवरोध तेर्साउँदै विारध प्रदर्शन गर्ने पााच जना व्यक्तिलाई गिरफतार गरेको छ। अहिले सम्म सो बिद्यालय बन्दै रहेको छ।

क्षेत्रिय प्रहरी प्रमुख एलेक्स सिकोन्दीले छात्राका ेमृतयु सम्बन्धमा अनुसनधान भइरहेको बताएका छन्। बिद्यालयका प्रधान्याध्यापकले यसबारे केहि पनि टिप्पणी गर्न अस्विकार गरेका छन्।

अन्य राष्ट्रहरूमाझैँ केनयामा पनि अधिकांश बालिकाहरूले स्यानिटरी प्याडका लाथिग खर्च जुटाउन सकेका छैनन्।

सन् २०१४ मा संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा उप– सहारा अफ्रिकाका दसजना मध्ये एकजना बालिकाले रजश्वलाकोबेला बिद्यालय नजाने गरेको तथ्य उललेख गरेको थियो।

प्रतिक्रिया दिनुहोस्