सेप्टेम्बर ११ हमलाको बर्षगाँठ काबुल स्थित अमेरिकी दुतावास अगाडी रकेट प्रहार



काबुल (एजेन्सी)।अमेरिकाको वल्र्ड ट्रेड सेन्टर (डब्ल्युटीसी)मा सन् २००१ सेप्टेम्बर ११ हमलाको १८ औंं बर्षगाँठमा काबुल स्थित अमेरिकी दुतावास नजिकै बृधबार शक्तिशाली विस्फोट भएको छ

अहिलेसमम उक्त विस्फोटको जिम्मेवारी कसैले लिएको छैन। विस्फोटन स्थलमा धुँवा उडीरहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

उक्त विस्फोट एक प्रकारको रकेट प्रहारबाट भएको सिन्ह्वा न्युज एजेन्सीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा तालिवान नेतासँगको शान्तिवार्ता रद्द गर्ने फैसलापछि उक्त आक्रमण भएको हो।

उक्त बैठक अमेरिकाको क्याम्प डेविडमा हुने कार्यक्रम थियो। काबुलमा सेप्टेम्बर ५ मा भएको कारबम विस्फोटमा एक अमेरिकी सैनिक सहित १२ जनाको मृत्यु भएपछि राष्ट्रपति ट्रम्पले उक्त फैसला लिएको थियो।

यसअघि अफगानिस्तानको मेडनवर्दक प्रान्तमा अमेरिकाका हवाई आक्रमणमा ७ नागरिकको मृत्यु भएको थियो। यो हामला आइतबार भएको थियो।

अफगानिस्तानको समाचार एजेन्सीका अनुसार प्रान्तका नागरिकहरूले सरकारसँग घटनाको जाँच गराउन अपिल गरेकाछन्। अमेरिकाको वल्र्ड ट्रेट सेन्टर र पेन्टागनमा अपहरित यात्रुबाहक विमान ठाक्काई भएको हमलामा २ हजार ९ सय ८३ जनाको मृत्यु भएको थियो।

उक्त आक्रमण पछाडी अल कायदा प्रमुख ओसामा बिन लादेनको हात रहेको विश्वास गरिएको थियो। सन् २०११ मेमा पाकिस्तानको एब्बोटाबादमा लुकेर बसिरहेका ओसामा बिन लादेनलाई अमेरिकाले मारेको थियो।

ग्राउन्ड जीरो र पेन्टागनमा कार्यक्रमअमेरिकामा भएको सप्टेम्बर ११ आक्रमणको बर्षगाँठमा बुधबार पिडितका नातेदारहरू पुग्ने अपेक्षा गरिएको छ। राष्ट्रपति ट्रम्प पनि पेन्टागनमा उक्त आक्रमणको बर्षगाँठसँग सम्बन्धित एक कार्यक्रममा सहभागी हुने बताइएको छ।

त्यसैगरी माइक पेन्सले पेन्सलवेनियाको सांक्सविला नजिक तेस्रो हमला भएको स्थान नजिकै एक सभालाई सम्बोधन गर्नेछ।

सन् २००१ मा भएको उक्त हमलाका बेला पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस तीनैवटा सेनाका प्रमुख थिए। अपराह्न पेन्टागनमा हुने कार्यक्रममा उनी पनि सहभागी हुने बताइएको छ।

१८ बर्षपछि पनि उक्त त्रासदीपुर्ण आक्रमणको असर अमेरिकामा ब्यापक बाँकी रहेको महसुस गरिन्छ। अमेरिकी हवाइअड्डा देखि अफगानिस्तानको सुरक्षा जाँच नाकाहरूमा सुरक्षा ब्यवस्था कडा पारिएको छ।

ट्रेड सेन्टर, अमेरिका रक्षा विभाग पेन्टागन र साक्सविला नजिकै एक खुला ठाउँ सहित तीन स्थानमा अपहरित विमानद्वारा आक्रमण भएको थियो। ती हमलामा सबै गरी करिब ३ हजारको मृत्यु भएको थियो।

न्युयोर्कको म्यानह्याटन स्थित वल्ड ट्रेड सेन्टरको जुम्ल्याहा गगनचुम्बी आक्रमणमा पुर्ण रुपमा ध्वस्त भएको थियो।

त्यसपछि ग्राउन्ड जीरो भनिएको उक्त स्थानमा हरेक बर्ष हुने कार्यक्रममा हमलामा मारिएका सबै पिडितहरूको नाम पढ्ने गरिन्छ र केही समयका लागि मौन धारण गरिन्छ। विमान ट्रेड सेन्टरसँग ठोक्किएको समयमा घन्टाहरू बजाइन्छ।

प्रतिक्रिया दिनुहोस्