द ब्रिटिस कलेजका विद्यार्थी दीक्षित



काठमाडौ, (नेस)द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थी दीक्षित भएका छन्। बौद्धस्थित हायत रिजेन्सीमा दीक्षात कार्यक्रममा विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।

दीक्षित हुनेमा ५१ जना बीबीए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २३० जना बिएस्सी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन्।

यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरू दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेसन डाइरेक्टर महेन्द्रराज कँडेलले बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथिमा बेलायतका हाउस अफ लर्डका प्रतिनिधि ११औ अर्लअफ स्यान्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागु रहेका थिए।

त्यस्तै अन्य अतिथिहरूमा माइकल रटल्याण्ड ओबिइ (भुटानका लागि ब्रिटिस अनरी काउन्सेल तथा द ब्रिटिस कलेजका सल्लाहाकार), द ब्रिटिस कलेजका सीईओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेसन डाइरेक्टर महेन्द्रराज कँडेल, पाउल क्लिभेस (इटोन कलेजका पूर्व भुगोल प्रमुख तथा द ब्रिटिस कलेजका सल्लाहाकार), डा. चिरन थापा (मान्यताप्राप्त शिक्षाविद् तथा द ब्रिटिस कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री डा. गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिमा लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, यूनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन रेमण्ड म्याकडोउलको उपस्थिति रहेको थियो।

ब्रिटिस कलेजका सीईओ राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पार्नुभएको थियो।

उहाँले भूतपूर्व विद्यार्थीको लागि कलेजले सधंै सहयोग गर्ने वाचा गर्दै कलेजमा रहेको अल्मुनाईमा आबद्ध हुनको लागि समेत विद्यार्थीलाई अनुरोध गर्नुभयो।

प्रमुख अतिथि मोन्टागुले ब्रिटिस कलेजले भौतिक परिवर्तनभन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए। उनले दीक्षित भएका विद्यार्थी कर्मशिल भएर काम गर्नको लागि प्रेरणा समेत दिए।

 

प्रतिक्रिया दिनुहोस्