छात्राका लागि विश्राम कोठा



सल्यान, (नेस)।सल्यानको कपुरकोट गाउँपालिकाका सबै माध्यामिक विद्यालयमा छात्राका लागी विश्राम कोठा स्थापना भएपछि छात्राहरू नियमित विद्यालय आउन थालेका छन्।

महिनावारी भएको बेला विद्यालयमा अनुपस्थित हुने समस्या आएपछि गाउँपालिले पालिकाभित्रका सबै माध्यामिक विद्यालयमा विश्राम कोठाको व्यवस्था गरेको थियो।

विश्राम कोठाको व्यवस्था भएपछि अहिले महिनावारी भएको बेला छात्राहरूको विद्यालय अनुपस्थित हुने समस्या हटेको कालिका माध्यामिक विद्यालय कपुरकोटकी शिक्षिका हीमा सुवेदीले बताउनभयो।

महिनावारी भएको बेला विभिन्न समस्या झेल्नु परेकोमा अहिले भने ती समस्या हटेको कालिमा मावि कक्षा १० मा अध्यनरत छात्रा शान्ति पुन मगरले बताउनुभयो।

महिनावारी भएको बेलामात्र नभएर अरू बिरामी भएको बेला पनि आराम गर्ने गरेको अर्का छात्रा अबन्तिका सुनारले बताउनुभयो।

महिनावारी भएको बेला विद्यालय आउँदा विशेष गरी किशोरीलाई समस्या हुने देखिएपछि गाउँपालिकाले पाँच वटै माध्यामिक विद्यालयमा विश्राम कोठाको व्यवस्था गरेको कपुरकोट गाँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्