संगीतमा मुटु सार्वजनिक



सुन न चम्पा गायक गायक कृष्ण काफ्लेद्वारा स्वरबद्ध रोमान्टिक गीत मेरो मुटुको म्युजिक भिडियो सार्वजनिक भएको छ।

अम्बिका गुरुङको शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा संगीत संयोजन बाबु प्रधानको रहेको छ।

गीतको म्युजिक भिडियोमा उत्सव दाहालको छायांकन रहेको र विकास दाहालको सम्पादन रहेको छ।

पोखरा र ललितपुरको बज्रवाराही आसपासमा छायांकन गरिएको भिडियोमा अनिशविक्रम शाह र भूमिका केसीले अभिनय गरेका छन्।

फिल्मी शैलीमा निर्माण गरिएको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका छन्। ‘गीतको धुनले जति मनमा शान्ति प्रदान गर्छ, त्यसको भिडियो हेर्दा आँखालाई शीतलता प्राप्त हुनुपर्छ।

त्यसैले पछिल्लो समय भिडियोको प्रस्तुतीकरणलाई विशेष ध्यान दिने गरेको छु। यसको भिडियोमा त्यो पक्ष देख्न सकिन्छ।’ –निर्देशक अधिकारीको दाबी छ।

‘पर्ख पर्ख मायालु, सुन न चम्पा गीत जस्तै रोमान्टिक शैलीको मेरो मुटुलाई पनि दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु।’ –गायक काफ्लेको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्