अर्घाखाँचीको ऐतिहासिक भैरव नाच काठमाडौंमा



अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ काठमाडौंमा प्रदर्शन गरिने भएको छ।

लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति काठमाडौंमा प्रदर्शन गर्न लागिएको हो।

नेवार सम्पर्क समाजको अर्घाखाँची–काठमाडौंको आयोजनामा आगामी असोज ३ गते साँझ प्रज्ञा प्रतिष्ठानमा प्रदर्शन गरिन लागेको समाजका अध्यक्ष नारायणप्रसाद श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले भने– ‘तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ।

भिन्न परिवेश र भिन्न रहनसहनमा हुर्र्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ। काठमाडौं उपत्यका विशेष गरी भक्तपुरको ल्याकु ः भैलजस्तै रहेको भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिने यो नाचको शैली भिन्दाभिन्दै छ।

भिन्न परिवेश र भिन्न रहनसहनमा हुर्र्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ।

तर, पछिल्लो समयमा बढ्दो बसाइँसराइ र आफ्नो थातथलो छोड्ने प्रवृत्तिका कारण यो नाच लोप हुने स्थितिमा रहेको छ।’

अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा रहेको यो नाचको प्रस्तुति नेवाः समाज अर्घाखाँची–रूपन्देहीले काठमाडौंमा आएर दिन लागेको र यसको व्यवस्थापन आफूहरूले गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।


नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरू भयो त्यसको यकिन तथ्य नभए पनि पुस्तौंदेखि यो नाच नाच्ने क्रम रहेको नाच संरक्षणका अभियान्ता मित्रलाल श्रेष्ठले बताए।

काठमाडौं उपत्यकाको भन्दा केही पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने श्रेष्ठको भनाइ छ।

नेवार समुदायको नाच भए पनि यस नाचमा विभिन्न जातिका मानिसको सहभागिता रहने भएकाले यसले एक किसिमको जातीय सद्भावसमेत कायम गर्दै आएको श्रेष्ठले बताए।

धार्मिक आस्था एवं रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेको छ।

अघिल्लो पुस्ताको तुलनामा अहिलेको पुस्तासम्म आइपुग्दा यसको सौन्दर्य एवं तालको मिठासमा कमी आइरहेको सन्दर्भमा यसको संरक्षण र प्रवद्र्धन नभए आउँदो पुस्ताका निम्ति यो नाच कथाजस्तै हुने अभियान्ता श्रेष्ठको भनाइ छ।

भैरव नाचको पृष्ठभूमि

नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ।


तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ। भिन्न परिवेश र भिन्न रहनसहनमा हुर्र्किएका नेवार समुदायबीच नाचको शैली पनि भिन्न प्रकारको देखिने गरेको छ।

काठमाडौं उपत्यका विशेष गरी भक्तपुरको ल्याकु ः भैलजस्तै रहेको भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिने यो नाचको शैली भिन्दाभिन्दै छ।

रहनसहन, जीवनशैली, तान्त्रिक ज्ञानको कमी वा अन्य समुदायको प्रभावले पनि हुन सक्छ यस नाचको शैली स्थान विशेष फरक पाइन्छ। नाचको शैली र बाजाको ताल भिन्न भए पनि यसप्रतिको जनआस्था, धार्मिक मान्यता र जनविश्वास भने उत्तिकै छ।

विशेष गरी अर्घाखाँचीको भैरव नाच स्थानीय चलनचल्तीमा भैरम नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रूपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ।

यसको विशिष्ट प्रकारको बाजाको ताल, नर्तकहरूमा उजागर हुने एक किसिमको ऊर्जाले (अलौकिक शक्तिको आभास) समेत प्रदान गर्छ।

जसका कारण यस समुदायका व्यक्तिको धार्मिक आस्था त छँदै छ अन्य समुदायका व्यक्तिलाई पनि मोहित पार्छ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कात्तिक औंशीसम्म नाचिन्छ (देउसी, भैलीको मादल बज्नुअगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ।) तान्त्रिक विधिबाट शुरू गरिने यो नाच रातको समयमा विशेष गरी सूर्य अस्ताएपछि सूर्योदय अघिसम्म स्थानीय चलनअनुसार बिहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ।

कथंकदाचित नाच्दै गर्दा उज्यालो भयो, खोला तरेर अन्यत्र गाउँमा गई नाच्नुपर्यो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ।

भैरव नाचका विशेषता

भैरव नाच सात ताल (पटक) सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः शुरू हुन्छ।

यसमा कालभैरव मुख्य हुन्छ, कालो भैरवलाई शिवको रूपमा, श्वेत भैरवलाई गणेश, रातो भैरवलाई कुमारीकारूपमा पुजिन्छ भने अर्धनारीका रूपमा रहने डंकिनी पनि हुन्छ।

तीनवटै भैरव आफ्नो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चअर (चौरी गाईंको पुच्छर), मालासहित शृंगार गरी भगवान्को विशाल आकृति निर्माण गरिन्छ।

भैरवलाई आकर्षक बनाउनका निम्ति समय सापेक्ष शृंगार सामग्रीहरूको पनि प्रयोग गरिन्छ। यसरी शृंगार गरेपछि तान्त्रिक विधिबाट पूजा गरी नाच शुरू हुन्छ।

बाजा बजाउनेहरू मुख्यरूपमा नेवार समुदायकै भए पनि सहायक वाद्यवादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन्।

यसले जातीय सद्भावलाई झुल्काउँछ। यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ) लाई गुरु मादलका रूपमा राखिन्छ भने साथमा झुर्मा (झ्याली), बाँसुरी, सनाई, कर्नाललगायतका वाद्यवादन प्रयोग गरिन्छ।

सातवटै ताल (पटक) को लय फरक–फरक हुन्छ। तान्त्रिक विद्यामा निपूर्णहरूलाई विशेष गरी पाँच ताल र ६ तालमा भैरव उत्रिन्छ। (काम्न शुरू हुन्छ, ताल सकिएपछि आफैं शान्त हुन्छन्) यसरी काम्ने दर्शक पनि हुन सक्छन्, नर्तक पनि हुन सक्छन्।

भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पुर्याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुन्छन्।

नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली, घिन्ताङघिसी ट्वाक्क), घोडा नाच, चरा नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिन्छ।

भैरव नाच सात ताल (पटक) सम्म नाचिन्छ, सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ, बीचमा छोटो विश्रामपछि पुनः शुरू हुन्छ। यसमा कालभैरव मुख्य हुन्छ, कालो भैरवलाई शिवको रूपमा, श्वेत भैरवलाई गणेश, रातो भैरवलाई कुमारीकारूपमा पुजिन्छ भने अर्धनारीका रूपमा रहने डंकिनी पनि हुन्छ।

धार्मिक जनविश्वास

भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रूपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरू गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ।

जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ।

भैरव नाच लोपोन्मुख हुँदै

भैरव नाच कहिलेदेखि शुरू भयो भन्ने यकिन तथ्य हामीले अहिलेसम्म भेट्टाएका छैनांै। तर, काठमाडौं उपत्यकामा मल्लकाल त्यस अघिदेखि नै शुरू भएको हुन सक्ने जनविश्वास रहेको पाइन्छ।

विगतमा नेवार समुदायमा भएको बसाइँसराइको क्रमसँग यो नाचको प्रचलन पनि देशका विभिन्न क्षेत्रमा पुगेको हुन सक्छ। तर, अहिले ग्रामीण क्षेत्रमा अर्को बसाइँसराइ समस्या निम्तिएको छ।

गाउँबाट शहरमा बसाइँसराइ गर्ने, रोजगारी अध्ययन र अन्य पेसा व्यवसायका कारण आफ्नो थातथलो छोडेर शहरतिर हिँड्ने प्रचलन व्याप्त रहेको छ।

एकातिर गाउँमा मान्छे विशेष गरी युवापुस्ताको अभाव र अर्कोतिर लामो समयसम्म नाच सञ्चालन गर्नुपर्ने भएकाले आर्थिक समस्या प्रमुख पाटोका रूपमा रहेको छ।

पुरानो पुस्ता घट्दै जाने र नयाँ पुस्ताले यसप्रति चासो नराख्दा यो नाच लोप हुँदै गएको छ। आजभन्दा ५० वर्ष अगाडिको नाचको शैली अहिलेको शैलीमा आधुनिकताको प्रभाव परेको प्रस्टै देखिन्छ।

यसले आफ्नो मौलिकता गुमाउने हो कि भन्ने चिन्ता र चुनौती दुवै छ। नाच्नका निम्ति कठिन परिश्रम गर्नुपर्ने भएकाले युवाको आकर्षण अलि कम छ, सिपालु नर्तकहरू आफ्नो रोजीरोटीका निम्ति पेसा व्यवसायमा व्यस्त हुनुपर्ने बाध्यता छ।

नाच सञ्चालन गर्न बलियो अक्षय कोष वा गुथी नभएको तथा नेवार समुदायको पनि निश्चित क्षेत्रमा मात्रै यो नाच जीवित छ।

अर्घाखाँची जिल्लाको सन्दर्भमा (डिभर्ना–झेडी, पटुवाथुम–बगैंचा, नुवाकोट–लात्तेमाझ) मा मात्र सीमित रहेको छ।

हाल अर्घाखाँचीबाट बसाइँसराइ गरी रूपन्देहीमा बसोबास गर्ने नेवार समुदाय आफ्नो संस्कृति, परम्पराको जगेर्ना गर्नका लागि भैरव नाचको संरक्षण र प्रवद्र्धनमा सक्रिय रहँदै आएका छन्।

काठमाडौंमा किन प्रदर्शन गर्ने ?

नेवार समुदायको उद्गमस्थलका रूपमा रहेको काठमाडांै (नेपाल मण्डल) आफंैमा सांस्कृतिक विविधता युक्त छ। यहाँ टोेल–टोलका संस्कृति, पराम्परा र रीतिरिवाज विशिष्ट छन्।

यिनको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रियरूपमा हुँदै आएको छ। अर्घाखाँचीको भैरव नाच कुन शैली हो, यसको विशेषता के हो ? यो सम्पदा कहिलेदेखि शुुरू भएको हो ?

यसको ऐतिहासिक पृष्ठभूमि के छ ? धार्मिक मान्यता के छ भन्नेलगायतका विषयमा अर्घाखाँचीका नेवार समुदाय अनभिज्ञ छन्।

परम्परागतरूपमा चल्दै आएको नाच, हजुरबुबाले हेर्नुभयो, बुबाले हेर्नुभयो र अहिले हाम्रो पुस्ताले हेर्दै आएको छ। तर, भोलिको पुस्ताले हेर्न पाउला कि नपाउला ?

संस्कृतिको जर्गेना, पहिचानको र भावी पुस्तालाई आफ्नो रीतिरिवाज, परम्परा र संस्कृतिप्रति गर्व गर्नलायक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ।

काठमाडौंमा बसेका अर्घाखाँचीका सन्ततीले परम्परा र इतिहास बुझ्न पाउने वातावरणको निर्माणका साथै सांस्कृतिक अध्येयताहरूलाई यस नाचसँग जोडिएको ऐतिहासिक पृष्ठभूमिको अध्ययन गर्ने अवसर सिर्जना गर्ने र धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले पहिलोपटक काठमाडौंमा यो नाच प्रदर्शन गर्ने जमर्को गरिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्