दुई विधेयक पारित



हेटौंडा, (नेस)।प्रदेश–३ को बुधबार बसेको प्रदेशसभा बैठकले दुई वटा विधेयक बहुमतले पारित गरी अन्त्य भएको छ।

बैठकले प्रदेशमा सार्वजनिक–निजी–सहकारी साझmेदारी व्यवस्था गर्न बनेको विधेयक–२०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक–२०७६ बहुमतले पारित गरेको हो।

बैठकमा आन्तरिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले सार्वजनिक–निजी–सहकारी साझmेदारीको व्यवस्था गर्न बनेको विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणप्रसाद नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र सञ्चालन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्