चौरासी पूजाको खर्चबाट विद्यालयलाई सहयोग



पर्वत, (नेस)।पर्वतको कुस्मा नगरपालिका १४ आर्थर बड्गाउँ निवासी राज्कुमारी गुरुङले ८४ पुजाको अवसरमा विद्यालयलाई नगद सहयोग गर्नुभएको छ।

गुरुङले कुस्मा नगरपालिका–१४ स्थित पञ्चकोशी माविमा १ लाख १ हजार नगद सहयोग गर्नुभएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद शर्मा र प्रअ प्रकाश सापकोटालाई समाजसेवी गुरुङले नगद हस्तान्तरण गर्नुभएको थियो।

विद्यालयको शैक्षिक र भौतिक विकासका लागि सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरिएको छोरा कमल गुरुङले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्