पुलको माग गर्दै चार दिनदेखि अनसन



नेपाल समाचारपत्र, बैतडी।भारतसंग सीमा जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा पक्की पुल निर्माणको माग गर्दै थालिएको अनसन ४ दिन पुगेको छ।

यही भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालयअगाडि गरिएको रिले अनशन शुरू गरिएको थियो। चौथो दिनको रिले अनसनमा बुधबार व्यवसायीले साथ दिएका छन्।

झुलाघाट नाकामा पक्की पुल नहुँदा सुदूरपश्चिमको समग्र आर्थिक क्षेत्रको विकासमा बाधा पुगेकाले सरकारलाई दबाब दिनका लागि रिले अनशन शुरू गरिएको झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो।

झुलाघाटमा पक्की पुल बनाउनका लागि सबै दलका शीर्षस्थ नेताहरूले आश्वासन दिए पनि अहिलेसम्म पूरा नभएकाले आफूहरू आन्दोलनमा उत्रेको चन्दको भनाइ छ। झुलाघाटमा पक्की पुल नहुँदा यो क्षेत्रको धार्मिक पर्यटनमा समेत व्यापक असर परेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्