किशोरीमाथि बसभित्रै बलात्कार, २ जना पक्राउ



न्युज अफ नेपाल,मोरङ । किशोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ना ६ ख ९३४४ नम्बरको बसका चालक रंगेली नगरपालिका– ३ का ३७ वर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीयसन्तोष न्यौपाने रहेको प्रहरीले बताएको छ ।

धनकुटा घर भई मोरङको रंगेलीमा आफन्तकोमा बस्दै आएकी १५ वर्षीय किशोरीमाथि करणी प्रयास गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

मोरङको बेतना सिमसारबाट झापा दमककालागि बस चढेर हिँडेकी किशोरीलाई चालक र सहचालकले ललाई फकाई रंगेली–९ स्थित दोहमनासम्म ल्याएका थिए । आइतबार साँझ बसभित्र किशोरीमाथि बलात्कार प्रयास भएपछि स्थानीयले चालक र सहचालकलाई नियन्त्रणमा लिएका थिए । चालक खड्काले बसको पछाडीको सीटमा करणीप्रयास गरेपछि किशोरी बाहिर भागेकी थिइन् । तर, सहचालक न्यौपानेले पुनः बसभित्र लगेर करणी गर्न खोजेपछि किशोरी चिच्याएकी थिइन् । किशोरीको आवाज सुनेपछि भेला भएका स्थानीयले २ जनालाई समातेर प्रहरीलाई बुझाएका हुन् ।

ती युवकले किशोरीलाई मापसे पनि गराएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार वेतना सिमसार घुमफिर गरी दमक जान भन्दै किशोरी ना ६ ख ९३४४ बसमा चढेकी थिइन् । दमकमा उत्रन खोज्दा चालक र सहचालकले सँगै पथरी शनिश्चरे हुँदै रंगेली नगरपालिका–९ स्थित दोहमना हाटचौकमासम्म ल्याएका थिए ।

चालक र सहचालकलाई मुलुकी अपराध संहिता २०७६ वमोजिम अनुसन्धान सुरु गरेकोप्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्