कुकुरको टोकाइबाट ३ वटा हरिण मरे



न्युज अफ नेपाल, झापा । भुस्याहा कुकुरको टोकाइबाट ३ वटा हरिण मरेका छन् भने १वटा घाइते भएको छ । झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका ३ वटा हरिण मरेका हुन् । भने १वटा घाइते भएको हो ।

बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा ४ वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिले बताएको छ ।

कुकुरको टोकाइबाट मरेका हरिणमध्ये २ वटा पोथी र १वटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालयले बताएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेको थियो । ‘

पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ ।

बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए । कर्मचारी पुगेलगत्तै कुकुर भागेको बताइएको छ । विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको थियो । हाल वनमा ५ वटा पोथी हरिण र ३ वटा भाले हरिण रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्