छाडापशु व्यवस्थापन गर्न कार्यदल गठन



दिपेन्द्र शर्मा, सुर्खेत । कर्णालीमा रहेका छाडापशुको व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ ।
भुमि वयवस्था,कृषि तथा सहकारी मन्त्रालयको अगुवाइमा बुधवार मन्त्रालयमा आयोजना गरिएको सर्वपक्षिय छलफल पश्चात ७ सदस्यीय कार्यदल गठन गरिएको हो ।

पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डाक्टर टंक प्रसाद प्रसाईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा मन्त्रालयका पशुपन्छी विकास महाशाखाका प्रमुख, पशुपन्छी रोग अन्वेषन प्रयोगशालाका प्रमुख, सुर्खेतका स्थानीय तहका पशुपन्छी शाखाका प्रमुख मध्य वीरेन्द्रनगर पालिकाको प्रतिनिधि सदस्य रहेको मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीले जानकारी दिनुभयो । सचिव भारीका अनुसार सदस्यमा पशुपन्छी ब्यवसायी मध्येवाट १ जना, कानुन ब्यवसायी १ जना र वन उपभोक्ता महांसंघ सुर्खेतका प्रतिनिधि रहेका छन ।

सुर्खेत लगाएत प्रदेशका अन्य ठाँउमा वेवारिसे रुपमा छोडिएका छाडापशुहरुको दिर्घकालीन ब्यवस्थापन गर्न कार्यदल गठन गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम भुमि ब्यवस्था,कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिनुभयो । मन्त्री केसीका अनुसार कार्यदलले गठन भएको १५ दिन भित्र आफनो राय सहितको प्रतिवेदन मन्त्रालयलाई पेश गर्ने छ ।

छाडापशुको समस्यालाई अल्पकालीन र दिर्घकालीन रुपमा समस्या समाधान गर्न कार्यदल गठन गरिएको उहाँले वताउनुभयो । कार्यदलको प्रतिवेदन पछि मन्त्रालयले आवश्यक निर्णय लिने मन्त्री केसीको भनाई छ ।

भाद्र १२ गते राती सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको १४ कटकुवा तथा आसपासका सडक छेउछाउका क्षेत्रमा बेबारिसे छोडिएका ३९ वटा गाइहरु मरेका थिए । नेपालगंजबाट ८ ओटा ट्रकमा ल्याइएका २९१ गाइहरु मध्ये ३९ वटा गाईको मरेका थिए भने दुइ सय ३३ वटा गाइहरु नेपालगंज फिर्ता पठाइएको थियो ।

उक्त कार्यमा सग्लग्न भएको आरोपमा ५ वटा ट्रक सहित ५ जना चालक , २ जना सहचालक तथा नेपालगंज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक र गाईको सप्लायर्स गर्ने संचालक लाइ पक्राउ गरि अनुसन्धान भैरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्