सरकारले द्वन्द्वकालकाे सत्यतथ्य लुकायाेः राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष शर्मा



न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्धन्द्धकालीन घटनाको सत्यतथ्य लुकाउन खोजेको आरोप लगाएका छन् ।

आयोगका अध्यक्ष शर्माले सो घटनाको अनुसन्धानका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन गर्न गठित आयोगका पदाधिकारी राजनीतिक दलहरुको मिलेमतोमा सिफारिस गर्नका लागि समिति गठन कामसमेत सरकारबाट भएको भन्दै असन्तुष्ट रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकारका लागि दक्षिण एशिया’ विषयक अन्तरक्रियामा बोल्दै शर्माले द्धन्द्धकालीन घटनाको उत्खनन् गर्ने मानव अधिकार आयोगको प्रयासलाईसमेत सरकारले अवरुद्ध पारेको बताए । भैरवनाथ गणमा नेपाली सेनाले हत्या गरेकाहरुको सत्यतथ्य पत्ता लगाउने काममा मानव अधिकार आयोग लागे पनि त्यसमा सरकारले भाँजो हालेको शर्माको दाबी छ ।

उनले सरकारले संविधान र कानुनलाई समेत तजविजीमा राखेर मानवअधिकार हननका घटनालाई संरक्षण गर्ने काम गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्