चट्याङ लागेर ५ गाई मरे



न्युज अफ नेपाल, बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं २ बेलभारमा चट्याङबाट ५ वटा गाई मरेका छन् । आज वर्षात्सँगै चट्याङ पर्दा बेलभारको वनकटा गाउँमा रहेका छाडा गाईको मृत्यु भएको हो ।

गाउँ नजिकै सडकमा बसेका छाडा गाईमध्ये ५ वटा आज मृतावस्थामा फेला परेका थिए । चट्याङबाट वडामा अन्य कुनै पनि क्षति पुगेको छैन । मरेका गाईको आवश्यक प्रक्रिया पूरा गरेर घटनास्थल नजिकै गाडेको बताइएको छ ।

यसैबीच जानकी गाउँपालिकाको वडा नं १ साइगाउँ र वडा नं २ बेलभारमा भारतीय सीमा क्षेत्रबाट आएका पशुचौपायाले किसानको खेतीबाली खाएर क्षति पु¥याउँदै आएका छन् । गाउँपालिकामा रहेका छाडा चौपायाको यकीन गरी नियन्त्रणका लागि गाउँपालिकाबाट आवश्यक पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्