कृषीमन्त्रीद्वारा ३ मिठाइ पसलमा अनुगमन



न्युज अफ नेपाल, काठमाडौं । कृषीमन्त्री चक्रपाणी खनाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले काठमाडौंका ३  मिठाइ पसलमा अनुगमन गरेको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र विभागकी महानिर्देशक मतिना वैद्य नेतृत्वको संयुक्त टोलीले ३ मिठाइ पसलमा अनुगमन गरेको हो ।

त्रिपुरेश्वरमा रहेको पशुपती फुड्स र साजन गोठ तथा सुनधाराको सालिमार हस्पिटालिटी एण्ड फुड्स प्रलिद्धारा सञ्चालित गुवाफमा अनुगमन गरेको हो ।ति मिठाइ पसलमा थुप्रै कमीकमजोरी भेटिएको अनुगमन टोलीले जनाएको छ । मिति नभएका, मिति नाघेका, सरसफाइमा लापरर्वाही गरिएका खाद्य पदार्थ नष्ट गरिएको छ ।

अनुगमनपछि कृषि राज्यमन्त्री चौधरीले व्यवस्थापकीय कमजोरी पाइएको बताइन । उपभोक्तालाई गुणस्तरीय खाना खुवाउने व्यवसायीहरुको पनि कर्तव्य रहेको भन्दै अनुगमनलाई निरन्तरता दिने चौधरीले बताइन । मिठाइ पसल मात्र नभई सबै खाद्य पदार्थमा अनुगमन र नियमन गरिरहेको चौधरीले बताइन् । उपभोक्ता र व्यवसायीका लागि अनुज्ञा पत्र लिएर काम गर्दा राम्रो हुने सुझाव दिँदै चौधरीले एक हप्ताभित्र सुधार गर्न सबै पसल सञ्चालकलाई निर्देशन दिएकी छन ।

विभागकी महानिर्देशक वैद्यले सरसफाइ र गुणास्तरीयता कायम गर्न नसकेको भन्दै विभागमा उपस्थित हुन निर्देशन दिएको बताइन । टोलीले परीक्षणका लागि १४ प्रकारका खाद्य पदार्थ लिएको जनाएको छ ।

विष्लेषण नमुना सार्वजनिक भएपछि खाद्य ऐन अनुसार नभएको पाइएमा सरकारी वकिलमार्फत मुद्दा चलाइने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्