खोलाले बगाउँदा एक जनाको मृत्यु



हेटौंडा । मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । राक्सिराङ वडा नम्बर–५, परेवाभीरस्थित मनहरी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो ।

मुत्यु हुनेमा राक्सिराङ–४, पञ्जनीका करिब ४५ वर्षका प्रेमबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उनको शव खोलाले बगाएर वडा–५ को मनहरी बगरमा पु¥याएको थियो । मनहरी बजार जान भनी हिँडेका उनलाई परेवाभीरनेरको खोला जंघार तर्ने बेला बगाएको राक्सिराङ गाउँपालिका–४ का अध्यक्ष सञ्जय कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्