हवाई कारबाहीमा ३० तालिबान लडाकू मारिए



अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारमा भएको हवाई कारबाहीमा परी ३० तालिबान लडाकू मारिएका छन ।
ख्वाजा बहाउद्दीन जिल्लाको बाहिरी इलाकामा उक्त हवाई कारबाही भएको हाे । सो कारबाहीमा परी कम्तीमा ३० लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएको अफगान सेनाले जानकारीदिएको छ ।

सो कारबाहीको क्रममा अपहरणकारीहरुको सवारी साधन पनि ध्वस्त पारिएको छ । यो कारबाही अफगान वायुसेना वा नेटोको नेतृत्वमा गठबन्धन सेना कसले गरेको हो सो भने प्रष्ट भएको छैन ।

यसै महिनाको शुरुदेखि नै यो प्रान्तमा तािलबान लडाकू र सुरक्षा अधिकारीबीच भीषण भीडन्त हुँदै आएको छ ।
तालिबान लडाकू समूह र सुरक्षाबलसँगको ठूलो झडपपछि छिमेकीमा पर्ने याङगी काला र दार्कद जिल्लालाई तालिबानले कब्जा गरेका छन् ।
रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्