जण्डिस निको पार्ने भन्दै झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसे



सिताराम अधिकारी, धादिङ,
उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा न. ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक लामा झाँक्रीले प्वाल पारिदिएका छन् ।

पेट ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसको विरामी परेका मगर जिवन मरणको दोसाँधमा पुगेका छन्

धादिङको नीलकण्ठ नगरपालिका वडा न. ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए ।

जिल्ला अस्पतालमा आमस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकोले थप उपचारका लागि आज काठमाण्डौ स्थित विर अस्पतालमा प्रेषण गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

विरामी मगरको मगरको ०७६ भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका विरामीले बताउनुभयो । २ महिनादेखि जण्डिसले विरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुगेका थिए ।

उपचारको क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । सोही बेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधी दिएको र बिकार तानेको भनेर विरामीसंग ८ हजार ३ सय ८० रुपैयाँ रकम लिएर ब्लेटले देब्रेपटी पेटमा चिरेको विरामीको श्रीमति विमलाले जानाकारी दिनुभयो ।

पेट चिर्ने बेलामा झाँक्रीले विरामीको श्रीमति र संगै गएका बहिनीलाई बाहिर निकालेर पेटमा सुइ लगाएर विरामीको पेटमा चिरेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले आफूँले चुसेर एउटा बाटामा थुकेको विरामी मगरले बताउनुभयो ।

ज्यालामजदुरी गरेर परिवार पाल्दै आएका मगर अहिले मृत्यु संग जुधिरहेका छन् ।आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विरामीकी श्रीमति विमलाको भनाइ छ ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन्। उनको यसअघि पनि केही घटना विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मुलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरि फर्केको मानवअधिकारकर्मी राधिका सापकोटाले जानाकारी दिनुभयो ।

लामो समयदेखि यसकिसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर विरामी निको पारेको बताउने झाँक्री विगतमा राजनीतिक संरक्षणमा काराबाहीबाट उन्मुक्ति पाउँदै आएका छन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरिक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकोले आवस्यक कारबाही गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्