त्रिवि रजिष्ट्रारमाथि दुर्व्यवहार



ईश्वरराज ढकाल, काठमाडौं ।

आफ्नो भागबण्डामा परेका क्याम्पस प्रमुख, विभिन्न निकायमा प्रमुखलाई यथावत राख्नुपर्ने माग गर्दै प्रजातन्त्रवादी प्रध्यापक संघले त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डिल्ली उप्रेति माथी दुब्र्यवहार गरेका छन् ।

दिउँसो करिब सवा १२ बजे किर्तिपुर स्थित रजिष्ट्रार कार्यालयमा पुगेको संघका अध्यक्ष जगत तिमल्सिना सहितको करिब चार दर्जन प्राध्यापकले रजिष्टार माथी दुब्यवहार गर्दै कुर्सी समेत फालेका थिए ।

प्रजातन्त्रवादी प्राध्यापक संघको भागवण्डामा परेका करिब आधा दर्जन क्याम्पस प्रमुख र सहायक डीनको स्थानमा सोही संगठनको प्राध्यापक नियुक्ति गर्नुपर्ने माग गर्दै रजिष्ट्रार कार्यालय पुगेको प्रध्यापक र रजिष्ट्रार दिल्ली उप्रेति विच केहीबेर भनाभन परेको थियो ।

उहाहरु आउनुभयो , खाली भएको स्थानमा तत्काल नियुक्ति गर्नुप¥यो भन्नुभयो मैले नया उपकुलपनि नआएसम्म नियुक्ति गर्न मिल्दैन भन्दा कुर्सीले धचेडेर म माथी दुब्र्यवहार गर्न थाल्नुभयो–प्राध्यापकले गरेको दुव्यबहारबारे जानकारी गराउदै रजिष्ट्रार उप्रेतिले भन्नुभयो ।

‘करिब ५० जनाको संख्यामा आएका प्राध्यापकले म माथी दुब्र्यबहार गर्न थालेपछि कोठा छाडेर हिडे, त्यसपछि के भयो कार्यालयमा सोध्नुस– उहाले भन्नुभयो । उहाले अहिलेको अवस्थामा गम्भीर असर पर्ने खालका नियुक्ति गर्न नमिल्ने बताउनुभयो । तत्कालिन उपकुलपति प्राडा तीर्थराज खनियाले नियुक्ति गर्न नसकेको अवस्थामा आफुहरुले अहिले नियुक्ति गर्न नमिल्ने उहाको भनाई थियो ।

तर तीन महिने उपकुलपनि प्राडा सुधा त्रिपाठीले उपकुलपति भए लगत्तै नेपाली केन्द्रीय विभागमा ४ वर्षे कार्यकालका लागि विभागीय प्रमुख नियुक्ति गर्नुभएको थियो ।

प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्ष जगत तिमल्सिनाले समय माग गरेर संघको मागबारे जानकारी गराउन पुग्दा रजिष्ट्रारले कुनै सुनुवाई नगरेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पक्षका प्राध्यापकलाई नियुक्ति गर्न नमिल्ने अनी नेपाली विभागमा मनपरी रुपमा आफ्नो मान्छे नियुक्ति गर्ने त्रिविका पदाधिकारीलाई दवाव दिन आफुहरु रजिष्ट्रार कार्यालय पुगेको बताउनुभयो ।

छोटो अवधीका लागि नियुक्ति भएका क्याम्पस प्रमुख र सहायक डीनलाई नियुक्ति दिनुपर्ने माग गर्दै आफुहरु रजिष्ट्रार कार्यालय पुग्दा उल्टै उहाले अभद्र व्यवहार गरेको आरोप उहाको थियो ।

सो संघ निकट प्राध्यापक मध्य सुर्खेत, पाटनसंयुक्त, जनकपुर, पुल्चोक, वीरगंज लगायत करिब आधा दर्जन क्याम्पस र संस्थानमा क्याम्पस प्रमुख र डीन नियुक्ति भएका थिए । त्रिवि भित्र आफैले राजनिति गर्न खोज्ने अनि हामीमाथी दुब्र्यवहार भयो भनेर आरोप लगाउने काम सरासर गलत भएको तिमल्सिनाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्