राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक संसदमा पुनः पेश गर्ने तयारी



न्युज अफ नेपला, काठमाडौं ।
राष्ट्रपतिले फिर्ता पठाएको राहदानी विधेयक पुनः अगाडि बढ्ने भएको छ।

राष्ट्रपतिले परिमार्जनका लागि फिर्ता गरेको विधेयक सरकारले बिहीबारको प्रतिनिधि सभा बैठकमा पेश गर्ने तयारी गरेको हो।
प्रतिनिधिसभाले विधेयक आजै पेश गर्नेगरी कार्यसूची तय गरेको थियो। तर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको समय अभाव देखिएपछि विधेयक विहिबार पेश हुने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सांसदहरुले राहदानी विधेयकले नागरिकको स्वतन्त्रता खुम्च्याउने ब्रिफ्रीङ गरेका थिए। लगत्तै राष्ट्रपति भण्डारीले विधेयक प्रतिनिधि सभामा फिर्ता पठाइदिएकी थिइन्।

कुनै पनि सरकारी निकायको पत्राचारको भरमा नागरिकलाई राहदानीबाट बञ्चित गर्ने विधेयकको प्रावधान गलत भएको भन्दै राष्ट्रिय सभाका सांसदहरुले राष्ट्रपतिसँग भेट गरेका थिए।

त्यस्तै विधेयकमा कुनैपनि व्यक्तिलाई गम्भीर प्रकृतीको मुद्दा लागे राहदानी नदिने प्रस्ताव थियो।

सांसदहरुले मुद्दा लाग्दैमा राहदानी रोक्न नमिल्ने र अदालतको आदेश बेगर सरकारले राहदानी रोक्न खोजेकोमा आपत्ती जनाएका थिए। विधेयकले राहदानी जारी गर्ने विषयमा सरकारलाई तजबिजी अधिकारी दिएको भन्दै सांसदहरुले विरोध जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्