ताजिकिस्तानलाई हराउँदै नेपाल फाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं। ताजिकिस्तानलाई हराउँदै नेपाली महिला फुटबल टोली किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो। नेपाल ४ राष्ट्र सहभागी नादेझ्दा कपको दोस्रो स्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो।

नेपालको जितमा सवित्रा भण्डारीले खेलको ८५औं मिनेटमा गरेको गोल नै निर्णायक सावित बन्यो। उनले गीता रानाको फ्रिकिकबाट प्राप्त बललाई हेडमार्फत् गोलमा परिणत गरेकी थिइन्।

प्रतियोगितामा सावित्राको यो पाँचौं गोल हो। किर्गिस्तानविरुद्ध भएको पहिलो खेल ८–२ ले जित्दा उनले ४ गोल गरेकी थिइन्।

अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ। लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ। यसअघि उज्बेकिस्तानसंग भएको खेलमा नेपाल २–० ले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्