नबिल बैंक र इक्यानबीच सम्झौता



नबिल बैंक तथा एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल (इक्यान) बीच बैंकिङ सेवा प्रदान गर्ने सम्झौतामा भएको छ।

यस सहमतिपश्चात नबिल बैंकले इक्यानसँग आबद्ध सदस्य संस्था, तीनका कर्मचारी एवं विद्यार्थीका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ।

सम्झौताअन्तर्गत बैंकले इक्यान सदस्य संस्था तथा विद्यार्थीलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेषणका सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी सेवालगायत सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नेछ।

उक्त सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले उक्त सहमतिमार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिबद्धता रहेको

उल्लेख गर्नुभयो।इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले सदस्य संस्था कर्मचारीलगायत विद्यार्थीले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गर्नु भयो।

 

प्रतिक्रिया दिनुहोस्