हिरोका नयाँ मोटरसाइकल बजारमा



हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङले आफ्नो नयाँ उत्पादन प्रिमियम मोटरसाइकलहरू– एक्स्पल्स २०० टी र दी स्पोर्टी एक्स्ट्रिम २०० एस र रेट्रो स्टाइलका नयाँ प्लेजर प्लस स्कुटरको बिक्री शुरु गरेको छ।

सबै तीनवटा उत्पादनको बजार मुल्य एक्स्पल्स २०० टी को ३ लाख ३२ हजार र एक्स्ट्रिम २०० एसको ३ लाख २२ हजार तथा प्लेजर प्लसको १ लाख ८६ हजार रुपियाँ कायम गरिएको नेपाल जेनरल मार्केटिङ जनाएको छ।

एक्स्पल्स २००टी ः भ्रमणमा जान रुचाउने युवा पुस्ता लक्षित गरी निर्माण गरिएको एक्स्पल्स २०० टी आधुनिक रेट्रो संरचना र सवारी सहजताको सही संयोजन खोजिरहेका युवाको लागि सटिक मोटरसाइकल हुनेछ।

२०० सीसी सीभी कार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्दछ। यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताले भरिएको।

एक्स्ट्रिम २०० एस ः एक्स्ट्रिम ब्राण्डका पहिलो खण्डका विशेषताहरू बढाउँदै र अझ स्पोर्टी बनावट थप गरिएको नै नयाँ एक्स्ट्रिम २०० एस हो। एक्स्ट्रिम २०० एस हाइवेहरूमा हावाबाट राम्रो सुरक्षण दिने र स्पोर्टी स्थितिका लागि वायुको दबाब कम गर्ने सम्पूर्ण–नयाँ एरोडायनामिकका साथ बनेको छ।

एक्स्ट्रिम २०० एस १८.४ पिएस शक्ति र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमतायुक्त २०० सिसिको एयर कुल्ड इन्जिन जडित छ।

प्लेजर प्लस ११० ः रेट्रो डिजाइन र पर्फरमेन्ससहितको शक्तिशाली प्रभावकारी शक्तियुक्त छ। यस स्कूटरमा जडान गरिएको नयाँ ११० सीसी इन्जिन जसले ७५०० आरपिएममा ८ बिएचपिको शक्ति प्रदान गर्ने क्षमता राख्दछ।

प्रतिक्रिया दिनुहोस्