मुक्तिनाथ विकास बैंकद्वारा सहयोग



मुक्तिनाथ विकास बैंकले धुर्मुस सुन्तली फाउन्डेसनको चर्चित योजना गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ।

उक्त चेक मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेलले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई हस्तान्तरण गर्नुभएको थियो।

हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ।

प्रतिक्रिया दिनुहोस्