गीतबाट बन्यो पोइ पर्यो काले



आगामी कात्तिक ८ गते अल नेपाल रिलिज गरिने फिल्म पोइ पर्यो कालेको शीर्ष गीतको भिडियो राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।

गीत बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको स्टुडियोमा सेट लगाएर आकर्षक ढंगले छायांकन गरिएको हो। गीतको भिडियोलाई महँगो सेट लगाएर उतारिएको छ।

गीतले २४ घन्टामा युट्युबमा साढे ३ लाख भ्युज पाउन सफल भएको थियो।भिडियोलाई बूढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, आकाश खड्का, सुरक्षा पन्त र सोहित मानन्धरले अभिनय गरेका छन्।

गीतको नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन्। भिडियोमा सौगात मल्लको जोडीका रूपमा र पूजा शर्मालाई प्रस्तुत गरिएको छ भने आकाश श्रेष्ठको जोडीका रूपमा सृष्टि श्रेष्ठलाई प्रस्तुत गरिएको छ।

यी दुई जोडीसँग सोहित र सुरक्षा सहायक देखिएका छन्। गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन्। गीत नृपेश उप्रेतीले लेखेका छन् भने रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ।

शिशिर राणाको लेखन र निर्देशन रहेको फिल्ममा राजीव गुरुङ (दीपक मनाङे), किरण नेपाली, र सरोज नेपालीले निर्माण गरेका हुन् भने अमलादेवी राई कार्यकारी निर्माता छिन्।

राणाले लालबहादुर खातीको लोकप्रिय लोकगीत पोइ पर्यो कालेबाट फिल्मको नामकरण गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्