परीक्षा केन्द्र नै थाहा नपाउने कस्ता प्रधानाध्यापक



लीला सुनुवार, ओखलढुंगा।प्रधानाध्यापकले नै परीक्षा दिनबाट बञ्चित गराएको भन्दै सिद्धिचरण नगरपालिका–१० स्थित पुण्यमाता बेतिनीका प्रधानाध्यापकविरुद्ध विद्यार्थी र अभिभावकले क्षतिपूर्तिसहित राजीनामाको माग गरेका छन्।

प्रधानाध्यापक खडानन्द खतिवडाले परीक्षार्थीहरूलाई परीक्षा केन्द्रको विवरण झुटो दिएर परीक्षा दिनबाट बञ्चित गराएको भन्दै विद्यार्थीले प्रअसहित थुनेर २३ गते विद्यालयमा ताला लगाएका हुन्।

प्रअ खडानन्द खतिवडाले कक्षा १२ को मौका परीक्षा दिने ११ विद्यार्थीलाई परीक्षा केन्द्र नै गलत दिएपछि विद्यार्थीहरू परीक्षा दिनबाट वञ्चित भएकाले त्यसको क्षतिपूर्तिसहित प्रअले राजीनामा दिनुपर्ने विद्यार्थी र सम्बद्ध अभिभावकले माग गरेका हुन्।

गत भाद्र २२ गते हुने कक्षा १२ को मौका परीक्षा दिने विद्यार्थीहरूले विद्यालयमा प्रवेशपत्र लिन जाँदा प्रधानाध्यापक खतिवडाले ओखलढुंगा सदरमुकामस्थित सगरमाथा जनता माविमा परीक्षा केन्द्र तोकेको जानकारी गराएपछि विद्यार्थी परीक्षा दिन ढुक्कसंग सोही विद्यालय गए।

तर त्यहाँ उनीहरूको परीक्षा केन्द्र नभएको विद्यालय प्रशासनले बताएपछि विद्यार्थीहरूमा ठूलो तनाव भयो।

‘आफ्नो विद्यालयमा हामीले परीक्षा केन्द्रका बारेमा बुझ्दा प्रअ खतिवडाले सगरमाथा जनता माविमा जानु भन्नु भयो’, विद्यार्थी सरस्वती परियारले भनिन्– ‘परीक्षा केन्द्र पुगेर सिम्बोल नम्बर खोज्दा नभेटेपछि सुपरिडेन्टेनसँग कुरा गर्दा तिमीहरूको परीक्षा केन्द्र रुम्जाटार पो हो भन्नुभयो, हामी त बिचल्लीमा पर्यौं।’

प्रतिक्रिया दिनुहोस्