आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान सुरु



न्युज अफ नेपाल, धादिङ । जिल्लामा आत्महत्याको घटना वर्षेनी बढ्दै गएपछि विश्व आत्महत्या रोकथाम दिवसको अबसरमा आज (मंगलबार) बाट रोकथामका लागि अभियान सुरु गरिएको छ । ​जिल्ला प्रहरी कार्यालय धादिङ र सहयात्री समाजले आज निलकण्ठ क्याम्पसबाट रोकथामको अभियानको सुभारम्भ गरेको हो । ​

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले बाँच्नका लागि जतिपनि खर्च गर्ने चलन बढीरहेको अवस्थामा आत्महत्या गर्नु भनेको जिवनदेखि निरास भएर गर्ने भएकोले मानिसको जिवनलाई सुन्दरउन लाग्नु पर्ने बताउनुभयो । ​धादिङको ५ वर्षको तथ्यांकलाई हेर्दा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष ०७२।७३ मा ६३ जना, आर्थिक वर्ष ०७३।७४ मा ७५ जना, आर्थिक वर्ष ०७४।७५ मा ९२ जना र ०७५।७६ मा ९४ ले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताउनुभयो । ​जिल्ला प्रहरीको तथ्याङक अनुसार ५ वर्षमा आत्महत्या गरेका ३ सय २४ जनामध्ये पुरुष १ सय ८५ जना छन् भने महिला १ सय ३९ जना मात्र छन् । विवाह गरेर आत्महत्या गर्ने ३ सय ६ जना छन् भने अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ जना मात्र देखिन्छ ।

​जिल्लामा झुण्डीएर २ सय १९ जनाले, विष सेवन गरि १ सय ३ जनाले र अन्य कारणले २ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो । आत्महत्या दुरुत्साहनमा धादिङमा ४ मुद्धा विचाराधिन अवस्थामा रहेको छ । आत्महत्या गर्नेले दउिँसोको समय बडी रोजेका छन् भने काम गर्ने उमेरका बढी मानिसहरुले आत्म हत्या गरेको देखिएकोले हरेक मानिसको जिवन महत्वपूर्ण हुने भएकोले जोगाउन लाग्नु पर्नेमा सबैले जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्