एनआरएनए स्पेन अध्यक्षमा गुरुङ, आईसीसीमा रानाभाट विजयी



दीपेन्द्र गजुरेल, स्पेन । गैरआवासीय नेपाली संघ संघ राष्ट्रिय समन्वय समिति स्पेनको अध्यक्षमा दिनेश गुरूङ (देउकाजी) विजयी भएका छन् । आइतबार क्षेत्रिय समितिहरू ग्रान क्यानरीया,पाईसभास्को विलबाउ तथा म्याड्रिडमा र सोमबार बार्सिलोनामा भएको निर्वाचनमा पेशल कुमार कोइरालालाई १ सय २४ मतले पराजित गर्दै विजयी भएका हुन् । कोइरालाको ५ सय ७२ मत ल्याएका थिए भने गुरुङको ६ सय ९६ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा उत्तर कुमार राईले ७ सय ३१मत ल्याएर सहित विजयी भएका छन् । यसैगरी दिनेश गिरीको ६ सय ८० मत सहित दोस्रो स्थान प्राप्त गरी उपाध्यक्ष भएका छन्। तिन जनाको कडा प्रतिस्पर्धामा सनु राउतले जम्मा ४ सय ८७ मत ल्याएका थिए । यसैगरी महासचिव उमराज ढकाल (राज) ले ६ सय ७२ मत सहित विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी विनय अधिकारीले ४ सय २२ मत ल्याएका थिए । सचिवमा दुर्गा प्रसाद घिमिरेले (लेकाली) ले ५ सय ५० मत सहित पहिलो सचिव भएका छन् । त्यस्तै अर्को सचिवमा धुब्र भट्टले ५ सय ४६ मत प्राप्त गरेका थिए।

कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सिनाले ६ सय ८७ मत सहित विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी सन्त बहादुर क्षेत्रीले ४ सय ४२ मत प्राप्त गरेका थिए। सहकोषाध्यक्षमा शान्ता राणाले ६ सय ४८ मत सहित विजयी भएकी छिन् । उनको प्रतिद्वन्द्वी महन्त महर्जनले ४ सय ४ मत प्राप्त गरेका छन्। यसैगरी क्षेत्रिय उपाध्यक्षमा तुलसी गुरुङले ६ सय ५० मत सहित विजयी भएका छन भने राम्रो प्रसाद दाहालले ५ सय ३ मत प्राप्त गरेका थिए । १ सय ४७ मत अन्तरले गुरूङले बाजि मारेका छन ।

यस्तै क्षेत्रिय समिति पाईसभास्को विलबाउबाट केन्द्रीय सचिवमा महानारायण चौधरीले ६ सय ४९ मत सहित विजयी भए भने ४ सय २१ मत सहित राजेन्द्र सेढाई पराजित भए । यस्तै महिला संयोजकमा मौसमी गुरुङ(समी) ले ६ सय ९४ मत सहित विजयी भइन भने उनको प्रतिद्वन्द्वी पार्वती ओली(पारू)ले ४ सय ५५ मत सहित पराजित भइन । यस्तै सदस्यहरूमा क्रमशः आङ्ग लाक्पा शेर्पा,तारानाथ अधिकारी,विदुर गौतम,भुपेन्द्र कुमार श्रेष्ठ,शालिकराम डुम्रे,सोम प्रसाद गुरुङ (युनिस) विजयी भएका छन् ।

यस्तै समाजसेवी तथा युवाहरुमा अति लोकप्रिय सुनिल रानाभाटले ७ सय ७१ मत सहित विजयी भएका छन् । यस्तै दोस्रो आईसीसीमा चिन्ता मणि सापकोटा ६ सय ४५ मत सहित विजयी भएका छन् भनेर उनको प्रतिद्वन्द्वी प्रकाश तिमिल्सिनाले ४ सय ५६ मत सहित पराजित भएका छन्। यसअघि निर्विरोध हुनेहरूमा महिला उपाध्यक्ष सुमित्रा घिमिरे सापकोटा ग्रान क्यानरीयाबाट केन्द्रीय सचिवमा दिपेन्द्र श्रेष्ठ,म्याड्रिडबाट केन्द्रीय सचिवमा मेघनाथ ढकाल भएका थिए ।

एनआरएनए स्पेनको कुल सदस्यता संख्या २ हजार ३ सय ९७ रहेको थियो भने १४ सय ७१ मत खसेको थियो । एनआरएनए स्पेन निर्वाचन समितिले अत्यधिक मत पाउनेमा पहिलो सुनिल रानाभाट र उत्तर कुमार राई भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्