ताइपेईविरुद्ध नेपाल २–० ले अग्रता



काठमाडौं । फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनीज ताइपेई विरुद्ध नेपालले २ गोलको अग्रता बनाएको छ ।

ताइपेइमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको ३ मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउदै नेपालले गोल गर्न सफल भयो ।

पहिलो हाफमा १ गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२ औं मिनेटमा पाएको मौकालाई फेरिपनि नेपाली डिफेन्सलाईनले क्लियर गर्यो । यसका साथै ५४ औं मिनेटमा ताईपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।

दोस्रो हाफमा एकोहोरो पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा प्रहार गरे पनि नेपाली खेलाडीहरुले गोल हुनबाट बचाए । गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे ।

खेलको ६२ औं मिनेटमा नेपालले देस्रो गोल गर्यो । नेपालका लागि फेरि अञ्जनले गोल गर्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्