उद्यमी बन्नेहरुका लागि उद्यमी प्रोत्साहन गोष्ठी सञ्चालन हुने



न्युज अफ नेपाल, काठमाडौँ । काठमाडौँमा उद्यमी बन्नेहरुका लागि उद्यमी प्रोत्साहन गोष्ठी सञ्चालन हुने भएको छ । नाम्लो ईनोभेसन म्यानेजमेन्टले आउँदो असोज ४ गतेका दिन उद्यमी प्रोत्साहन गोष्ठी गर्न भएको हो ।

गोष्ठी समारोहमा सहभागि हुनका लागि कुपन्डोलमा रहेको नाम्लो ईनोभेसन म्यानेजमेन्टमा सम्पर्क गर्न सकिने त्यहाँका सिइओ डोलन्द्र पौडेलले जानकारी दिनुभयो पौडेलका अनुसार सो गोष्ठीमा जम्मा २०० जना सहभागी हुन पाउनेछन् ।

सामान्य व्यक्तिलाई उद्यमी प्रोत्साहन गर्ने उद्देश्यले यो गोष्ठी समारोह हुने लागेको जनाईएको छ । गोष्ठीबाट धेरै मानिसहरु उद्यमी बन्नेमा पनि नाम्लो ईनोभेसन म्यानेजमेन्ट परिवार विश्वस्त छ ।

उद्यमी प्रोत्साहन गोष्ठीका लागि विभिन्न ठाउँ व्यापारी तथा अन्य व्यक्तिहरुको सहभागी रहेको सिईओ पौडेलले जानकारी दिएका छन् । तालिम प्रदान गर्नका लागि खालिसिसी डटकमकी सिईओ आयुषी केसी, नविल बैंकका सिईओ अनिल केसरी शाह, सामाजिक उद्यमी अनिल चित्रकार, लेखक तथा उद्यमी कर्ण शाक्य र भारतबाट कार्तिक मेह्तालगायतका आउन लागेका छन् ।

हाल यो गोष्ठी विशेष काठमाडौँमा मात्रै हुने लागेको हो । यस पश्चात भने नेपालका विभिन्न ठाउँमा हुने सिईओ पौडेलको भनाई छ । उहाँले यसपछि जनकपुर, भैरहवा, पोखरा, चितवनलगायतका ठाउँमा हुने बताइएकाे छ ।

पौडेलले भने– ‘गोष्ठीमा सहभागी जनापछि कुनै पनि व्यक्ति किन सहभागिता जनाएछु भन्ने लाग्ने छैन । यो तालिमबाट जति सहभागी हुुनुहुनेछ सबैले पलस्वरुप उद्यमशील बन्ने ज्ञान लिएर जानुहुनेछ ।’
यो गाष्ठी असोज ४ गते कुपन्डोलमा रहेको होटल हिमालयमा हुनेछ । सहभागिताका लागि प्रत्येक्ले २ हजार रुपैयाँ तिर्नुपर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्