पाइपबाट इन्धन आउन थाल्यो, बषौंदेखिको सपना साकार भयो



कृष्णउदास खनाल, वीरगन्ज । मंगलबार बिहानैबाट बाराको अमलेखगन्ज स्थित आयल निगमको कार्यालयमा चहपपहल बढी थियो । आयल निगमका कर्मचारीहरु खुसी थिए । लामो समयदेखि चर्चामा रहेको मोतिहारीअमलेखगञ्ज पेट्रोलियम पाइपलाइनले पूर्णता पाएसँगै मंगलबारदेखि पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने कार्य सुरु भएपछि उनीहरुमा हर्ष छाएको हो ।

बाहिरी देशबाट आयात हुने बस्तु वा पदार्थमा सबैभन्दा ठूलो हिस्सा अगटेको पेट्रोलियम पदार्थ पाइपलाइनबाट आपूर्ति गर्दा ठूलो मात्रामा ढुवानीको लागत घटेको नेपाल आयल निगमले जनाएको छ।

गत वर्ष पेट्रोलियम पदार्थको आयातमा नेपालले दुई खर्ब रुपैयाँ खर्चिएको छ। मंगलबार दिउसो रिमोरटबाट नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइन उद्घाटन गरेसँगै निरन्तर पाइपलाईनबाट डिजेल आउन थालेको छ। ओलीले सिंहदरबारबाट र मोदीले हैदरावाद हाउसबाट बटन दवाए पछि आयल निगमको अमलेखगञ्ज डिपोमो डिजेल झरेको हो।

पाइपलाइनबाट डिजेल आउन सुरु गरेसँगै यसको असर उपभोक्ताको मूल्यमा समेत देखिएको छ। नेपाल आयल निगमले मंगलबार देखि नै लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २र२ रुपैयाँ मूल्य घटाएको छ। नेपाल आयल निगमका अनुसार अहिलेको अवस्थामा पाइपलाइनबाट डिजेलको आपूर्तिले ८० करोड ढुवानी लागत बचत हुनेछ। विस २०७३ सालमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको शिलान्यास गरेका गर्नुभएको थियो ।

मंगलबार दिउँसोबाट सहज रुपमा डिजेल आइरहेको र बिस्तारै पेट्रोलपनि झार्ने योजना रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोका प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्