चितवनको जू क्वार्टरफाइनलमा



भैरहवा, (नेस)।टाईब्रेकरमा ४–३ गोल अन्तरले विजयी हुँदै चितवनको जू फुटबल क्लब रुपन्देहीमा जारी १९औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ।

तिलोत्तमा १५ कोटीहवा स्थित पशुपति उच्च माविको खेलमैदानमा सोमबार सम्पन्न खेलमा रुपन्देहीको चिरपरिचत टिम झरना स्पोर्टस क्लबलाई जूले हराएको हो।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि खेल सोझै ट्राईबे्रकरमा गएको थियो। यसअघि खेल शुरू भएको १३ मिनेटमा जूका लागि रमेश बर्तौलाले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।

जूको अग्रता धेरै बेर टिक्न सकेन्। २४ मिनेटमा झरनाका निसान सुनारले आकर्षक गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भए।

३५ मिनेटमा जूका सुमित श्रेष्ठले गोल गर्दै फेरि अग्रता दिलाएका थिए। तर ४९ मिनेटमा झरनाका संगम थापाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।

जूका सुमित श्रेष्ठ म्यान अफ द म्याच घोषित हँुदै २५ सय रुपियाँले पुरस्कृत भए।

प्रतिक्रिया दिनुहोस्