नेपाल पराजित



काठमाडौं, (नेस)।किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले दोस्रो खेलमा हार बेहोरेको छ।

अघिल्लो दिन पहिलो खेलमा घरेलु टोली किर्गिस्तानलाई ८–२ ले हराएर सानदार जित निकालेको नेपाली टोली सोमबार उज्बेकिस्तानसँग २–० ले हारेको हो।

उज्बेकिस्तान लगातार दुई जितसँगै फाइनलमा लगभग पुगिसकेको छ।
पहिलो खेलमा टोलीले ताजिकिस्तानलाई १२–० गोलअन्तरले हराएको थियो।

नेपालले भने फाइनल पुग्न आज हुने खेलमा ताजकिस्तानलाई हराउनै पर्छ। ताजकिस्तान र नेपालको समान २ खेलबाट ३/ अंक रहेको छ।

प्रतियोगितामा सहभागी आयोजक टोली किर्गिस्तान भने दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ।

नेपालसँग नराम्रो हार बेहोरेको गरेको घरेलु टोलीले दोस्रो खेलमा ताजकिस्तानसँग २–१ ले पराजित भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्