आज बीपी जयन्ती:बीपीलाई सम्झेर कांग्रेसले ३५ हजार बिरुवा रोप्दै

एक लाख युवालाई बीपीको विचार र संस्कार सम्प्रेषण गरिने



नेपाल समाचारपत्र, काठमाडौं। जननायक बीपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसर पारी आज मंगलबार देखि नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान शुरू गर्दैछ।

३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित यो अभियानको प्रारम्भमा काग्रेसले बीपी जयन्तीको प्रतिक स्वरुप ३४ हजार ९ सय ८० बिरुवा रोप्ने लक्ष्य राखेको छ।

प्रत्येक प्रदेशको निश्चित क्षेत्रमा १ सय ६ वटा बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियानको देशव्यापी उद्घाटन गर्न लागेको कांग्रेसले यसले पर्यावरणको लागि पार्टीका तर्फबाट योगदान पुग्ने जनाएको छ।

प्रत्येक प्रदेशको निश्चित क्षेत्रमा १ सय ६ वटा बिरुवा रोपेर दोस्रो चरणको जागरण अभियानको देशव्यापी उद्घाटन गर्न लागेको कांग्रेसले यसले पर्यावरणको लागि पार्टीका तर्फबाट योगदान पुग्ने जनाएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार वृक्षारोपणका लागि प्रतिकुल मौसम भएका कतिपय क्षेत्रमा उद्घाटनका दिन निश्चित स्थलमा रूख बिरूवाको गोडमेल, घेराबारा या अनुकुलताका यस्तै रचनात्मक कार्य हुनेछन्।

जागरण अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा खटाइसकेको कांग्रेसले जनाएको छ।

सरकारका गलत क्रियाकलाप विरुद्ध जनमत सृजना गर्ने पार्टीलाई थप सुदृढीकरण गर्ने उद्देश्यका साथ आजबाट शुरू हुने जागरण अभियान जागरण अभियान १५ दिनसम्म सञ्चालन हुने छ।

बीपीको तस्वीरमा माल्र्यापण गरेर एक मिनेटको मौनधारण पश्चात वृक्षारोपण प्रारम्भ हुने प्रवक्ता शर्माले बताउनुभएको छ।

कांग्रेसले जागरण अभियानमा नेपाल विद्यार्थी संघ, नेपाल तरूण दल र नेपाल महिला संघलगायत भातृ र शुभेच्छुक संस्थामा आवद्ध युवाहरू तथा अन्य असंगठित युवाको देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचार संकलन गर्ने कार्यक्रम पनि बनाएको छ।

३ सय ३० प्रदेशसभा क्षेत्रमा औसत ३ सय युवाका बीचमा बीपीको विचार र संस्कारलाई कार्यक्रम क्रममा सम्प्रेषण गर्दा गरिने प्रवक्ता शर्माले बताउनुभएको छ।

समग्रमा १ लाख युवासँग संवाद र सम्प्रेषण १५ दिनको अवधिमा हुने उहाको भनाइ छ। युवा केन्द्रित विशेष संवाद जागरण अभियानका क्रममा आवश्यकताअनुसार प्रदेश सभा क्षेत्र, गाउँ–नगर या वडास्तरीयसमेत हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्